Section 74
छुट रकम वा जरिबाना तिर्नु पर्ने
(१) यस ऐन वा प्रचलित कानून बमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा बुझाउनुपर्ने महसुल, जरिबाना वा अन्य कुनै रकम कुनै मालवस्तुको मूल्याङ्कन वा वर्गीकरण गर्दा वा गणितीय भूल वा अन्य कुनै कारणले छुट भएको कुरा पछिबाट देखिन आएमा .ण्वा विभागले कुने माध्यमबाट जानकारी प्राप्त गरी असुल गर्न कनै माध्यमबाट जानकारी प्राप्त गरी असल गर्न आदेश दिएमा त्यसरी छुट भएको रकम त्यस्तो भन्सार कार्यालयले निजबाट तुरुन्त असुल उपर गर्नेछ ।

(२) सम्बन्धित व्यक्तिले उपदफा (१) बमोजिमको रकम नबुझाएमा सो कार्यालयले निजको कारोबार रोक्वा राखी सोही कार्यालय वा अन्य भन्सार कार्यालयमा रहेको निजको जुनसुकै मालवस्तु तोकिए बमोजिम लिलाम गरी वा गर्न लगाई सो रकम असुल उपर गर्नेछ ।

(३) उपदफा (२) बमोजिम लिलाम गर्दा वा गर्न लगाउँदा प्राप्त भएको रकमबाट समेत उपदफा (१) बमोजिमको महसुल रकम वा जरिबाना असुल उपर हुन नसकेमा सो महसुल वा जरिबाना वा रकम निजबाट सरकारी बाँकी सरह असुल उपर गरिने छ ।